sevenstartv.com ११ चैत २०८२, बुधवार

पहिलोपटक आयोजना हुन लागेको इयू टी-२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने

११ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । पहिलोपटक आयोजना हुन लागेको इयू टी–२० लिग बेल्जियममा नेपालका ८ खेलाडीले खेल्ने भएका छन् । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेल र उपकप्तान दीपेन्द्रसहित कुल ८ नेपाली खेलाडी विभिन्न टिममा ड्राफ्ट भएका छन् । 

दीपेन्द्रलाई यसअघि नै जेबी ब्रुग्सले प्रि–साइन गरेको थियो भने सन्दीप लामिछाने पनि लियेज रेड लायन्समा प्रि–साइन गरिएका थिए । रोहितसहित अन्य चार खेलाडी आज भएको ‘ड्राफ्ट’ बाट विभिन्न टोलीमा अनुबन्ध भएका छन् भने अनिल साह र गुल्शन झा अप्सनल राउन्डबाट छानिएका छन् । कप्तान रोहितलाई गेन्ट ग्लाडियटर्सले क्याटेगोरी ‘बी’ बाट साइन गरेको छ । 

त्यस्तै विकेटकिपर आसिफ शेख क्याटेगोरी ‘सी’ बाट एन्टवर्प एंकर्समा अनुबन्ध भएका छन् । ललित राजवंशी र इशान पान्डेलाई जेबी ब्रुग्सले ड्राफ्ट गरेको छ । चारैजना क्याटेगोरी ‘सी’ का हुन् । जेबी ब्रुग्स एनपीएलको फ्रेन्चाइज जनकपुर बोल्ट्स आबद्ध रहेको ड्रीम स्पोट्र्सको स्वामित्वमा रहेको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्