म्यानचेस्टर सिटीले जित्यो लिग कपको उपाधि
काठमाडौं । आर्सनललाई हराउँदै म्यानचेस्टर सिटीले लिग कप (काराबाओ कप) को उपाधि जितेको छ ।
आइतबार भएको फाइनलमा सिटीले आर्सनललाई २–० गोलले हरायो । सिटीका निको ओ राइलीले दुई गोल गरे । यो सँगै सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ५ पटक लिग कप जितेर कीर्तिमान बनाएका छन् ।
पेपले प्रशिक्षकका रूपमा सबैभन्दा लिग कप जितेका हुन् । यस्तै सिटीले यो नवौँ पटक उपाधि जितेको हो । सबैभन्दा धेरै लिग कप जित्ने टोली लिभरपुल हो । लिभरपुलले १० पटक उपाधि जितेको छ ।
