sevenstartv.com ८ चैत २०८२, आइतवार

प्रधानमन्त्री कप क्रिकेटमा एपीएफले बागमतीलाई दियो २७२ रनको लक्ष्य

आसिफको अर्धशतकीय पारी, अर्को बेलमा आर्मी र पुलिस भिड्दै

८ चैत २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेटमा सशस्त्रको एपीएफ क्लबले बागमती प्रदेशलाई २७२ रनको लक्ष्य दिएको छ । मुलपानीमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २७१ रन बनायो । एपीएफका लागि आसिफ शेखले ११४ रनको शतकीय पारि खेले ।

उनले १०५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे । सुन्दीप जोराले ५२ रनको अर्धशतकीय पारि खेल्दा लाकेश बमले २९, युभराज खत्रीले २६ र सुमित महर्जनले १८ रन बनाए । बलिङतर्फ बागमतीमा रिजन ढकालले ४ विकेट लिए । १० ओभर बलिङ गरेका उनले जम्मा ४४ रन मात्रै खर्चिए । 

यस्तै इशान पाण्डेले २, सन्दीप लामिछाने र सोनु देवकोटाले एक एक विकेट लिए । तल्लो मुलपानीमा जारी अर्को खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिडिरहेका छन् । टस जितेर पहिले ब्याटिङ गरिरहेको आर्मीले यो समाचार तयार पार्दासम्म ३३ ओभरमा ५ विकेट गुमाएर १४८ रन बनाएको छ । आर्मीका लागि भीम शार्कीले ६२ रन बनाए ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्