sevenstartv.com ८ चैत २०८२, आइतवार

होर्मुजबाट एक नेपाली इरानको कब्जामा

६ चैत २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । इरानले होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको छ। परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक नेपालीलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ परेका व्यक्ति  अमृत झा रहेको बताइएको  छ ।

परराष्ट्रको पश्चिम एसिया महाशाखाका प्रमुख रामकाजी खड्काले पत्रकार सम्मेलनमा होर्मुज क्षेत्रबाट एक जना नेपालीलाई पक्राउ गरेको बताएका हुन् । होर्मुज क्षेत्रमा पानी जहाजमा काम गर्ने क्रममा ईरानले जहाजका सबै क्रु मेम्बरलाई नियन्त्रणमा लिएको थियो । सोहि क्रममा उनी पनि परेका हुन् । 

पक्राउ परेको विषयमा आफन्तहरूले परराष्ट्रलाई जानकारी गराएका थिए।

 

 

 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्