sevenstartv.com ८ चैत २०८२, आइतवार

राष्ट्रिय महिला लिग आजदेखि सुरु हुँदै

उद्घाटन खेलमा एनआरटी र संकटा खेल्ने, दोस्रो खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्ने

४ चैत २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । शहीद स्मारक राष्ट्रिय महिला लिग फुटबल आजदेखि सुरु हुँदैछ । लिग अन्तर्गत आज दुई खेल हुँदैछन् । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने लिगको उद्घाटन खेलमा न्युरोड टिम (एनआरटी) र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ललितपुरको च्यासल मैदानमा बिहान ११ बजे सुरु हुने एन्फाले जनाएको छ । 

यस्तै, आज दिउँसो ३ बजे हुने खेलमा त्रिभुवन आर्मी क्लब र झापा एफसी भिड्नेछन् । लिगमा एपीएफ क्लब, बागमती युवा क्लब, चर्च ब्वाइज युनाइटेड, झापा एफसी, न्यू रोड टिम (एनआरटी), नेपाल पुलिस क्लब, आरएस रिसोर्ट एण्ड बिच फुटबल क्लब, संकटा क्लव र त्रिभुवन आर्मी क्लब सहभागी छन् । 

वैशाख १२ गतेसम्म ललितपुरको च्यासल मैदानमा सञ्चालन हुने लिगका खेलहरु सिंगल राउन्ड रोविनका आधारमा हुने एन्फाले जनाएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्