sevenstartv.com ८ चैत २०८२, आइतवार

राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

मछिन्द्र एफसी २–१ गोल अन्र्तरले पराजित

३ चैत २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं ।  राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।  हिजो दशरथ रंगशालमा भएको खेलमा त्रिभुवनआर्मीसँग मछिन्द्र एफसी २–१ गोल अन्र्तरले पराजित भएको हो । 

आर्मीका लागि नवयुग श्रेष्ठ र जिलेस्पीजंग कार्कीले गोल गरे । मछिन्द्रका जोनाथान कान्टिलानाले एक गोल फर्काए । लिगमा मछिन्द्रको यो दोस्रो हार हो । मछिन्द्र ११ खेलबाट २५ अंकसहित शीर्ष स्थानमा कायमै छ ।आर्मी ११ खेलबाट २३ अंकका साथ चौथो स्थानमा उक्लिएको छ ।

हिजो भएको अर्को खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लबले २–२ गोलको बराबरी खेल्दा लालिगुराँस एसोसिएसनले प्लानिङ ब्वाइज युनाइटेडलाई ३–२ गोलले पराजित गरेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्