sevenstartv.com १ असार २०८३, सोमवार

जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

२८ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको हो ।  दुवैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । वितृत विवरण आउन बाँकी छ ।