sevenstartv.com २ चैत २०८२, सोमवार

निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीको बिदाई

१ लाख ३० हजार ९८० जनाले दिएका थिए चुनावमा सेवा

२८ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरीलाई बिदाइ गरिएको छ । बिहीबार काठमाडौंको तीनकुनेस्थित प्रहरी वृत्तबाट काठमाडौंमा खटिएका निर्वाचन प्रहरीहरूलाई बिदाइ गरिएको हो । उनीहरूलाई टिका र खादा लगाएर प्रहरी अधिकारीहरूले बिदाइ गरेका हुन् । 

२१ फागुनमा सम्पन्न भएको निर्वाचनका लागि देशभर ३ लाख ३८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । जसमध्ये ३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन भएका थिए । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालित भएका थिए । निर्वाचनमा नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन भएका थिए भने ७५ हजार ५९७ जना नेपाल प्रहरी परिचालित भएका थिए । 

प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन थिए । त्यस्तै १ हजार ९२१ गुप्तचर पनि निर्वाचनमा परिचालित थिए । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिएका थिए ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्