एमाले अध्यक्ष ओलीले स्वीकारे हार, जनताको फैसला पार्टी र आफूले शिरोधार्य गर्ने कर्तव्य भएको भनाई
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनमा अपेक्षा गरेजस्तो परिणाम आउन नसकेको स्वीकार गरेका छन् ।
उनले सामािजक सञ्जालमा सन्देश लेख्दै मतदातालाई धन्यवाद दिए । लोकतन्त्रमा जनता फैसला नै अन्तिम हुने उल्लेख गर्दै उनले त्यसलाई शिरोधार्य गर्नु पार्टी र आफ्नो कर्तव्य भएको पनि बताए । कठिन अवस्थामा सूर्य चिन्हमा मतदान गरेर पक्षमा उभिने सबैलाई धन्यवाद पनि दिएका छन् ।
कतदाता र कार्यकर्ताहरुको साथ नै आफूहरुको तागत भएको ओलीले बताए । उनले निर्वाचनको परिणाम एमालेका पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर नहुने बताएका छन् ।
