सिरहामा बम बिस्फोट
काठमाडौं । सिरहामा एक ल फर्ममा बम बिस्फोट भएको छ । जिल्ला अदालत अगाडि रहेको मधेस ल फर्ममा बुधबार बम बिस्फोट भएको सिरहा प्रहरीले जनाएको छ ।
जिल्ला अदालत अगाडि रहेको ल फर्ममा आज साँझ करिब ५ बजे बम विस्फोट भएको बताइएको छ । ल फर्ममा भएको बिस्फोटबाट त्यहाँ कार्यरत सौरभ यादव सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
यसैगरी बिस्फोटबाट ल फर्मको सिसा र भित्र रहेका कागजातका साथै फर्निचरमा क्षति पुगेको प्रहरीले जानकारी दिएको छ। प्रहरी प्रमुख पाठकका अनुसार बम बिस्फोटबारे अध्ययन गर्न नेपाली सेनाको टोली घटनास्थलमा आइपुगेको छ ।
