sevenstartv.com २७ फागुन २०८२, बुधवार

अर्थमन्त्री रामेश्वर खनालले फिर्ता गरे रातो पासपोर्ट

२६ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (रातो पासपोर्ट) फिर्ता गरेका छन् । 

अर्थमन्त्रीका रूपमा आफूले लिएको कूटनीतिक राहदानी परराष्ट्र मन्त्रालयको राहदानी विभागमा फिर्ता गरिएको जानकारी उनले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएका हुन् । अर्थ मन्त्रालयको प्रशासन महाशाखालाई अनुरोध गर्दै उनले आफूले प्रयोग गर्दै आएको कूटनीतिक राहदानी फिर्ता गरेको जनाए । 

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा खनाल अर्थमन्त्री छन् । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्