sevenstartv.com २ चैत २०८२, सोमवार

राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

नेपाल पुलिस क्लब ४–१ गोल अन्तरले पराजित

२६ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ । दशरथ रङ्गशालामा हिजो भएको खेलमा आर्मीले पुलिसलाई ४–१ गोलले हरायो ।

आर्मीका निराजन धामीले २ तथा पेम्बो दोर्जे लामा र किरण सुनारले १÷१ गोल गरे । पुलिसका दशरथ गिरीले गोल गरे । यो जीतसँगै आर्मी ९ खेलमा २० अङ्कसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पुलिस ९ खेलमा ८ अङ्कसहित १२औँ स्थानमा छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्