sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

१६१ स्थानको अन्तिम नतिजा सार्वजनिक

२५ फागुन २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ हालसम्म १६१ स्थानको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङक अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा १२४ निर्वाचन क्षेत्रमा विजयी भएको छ । जारी मतगणनामा रास्वपा एक निर्वाचन क्षेत्रमा अग्रस्थानमा छ । नेपाली कांग्रेसले १७ निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि रहेको छ । नेकपा एमाले ८ स्थान विजयी भएको छ भने १ स्थानमा अगाडि रहेको छ ।

यसैगरी, नेपाली कम्युनिष्ट पार्टी सात, श्रम संस्कृति पार्टी तीन, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक–एक स्थानमा विजयी भएका छन् । धनुषा क्षेत्र नम्बर १ को मत गणना सकिए पनि अन्तिम परिणाम घोषणा गरिएको छैन ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्