sevenstartv.com २६ फागुन २०८२, मङ्गलवार

रौतहट-२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

२४ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आलम २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् । 

आलका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् । यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० तथा र नेकपा ९एमाले०का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे ।

यस क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । जसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्