sevenstartv.com २३ फागुन २०८२, शनिवार

पर्सा-२ मा रास्वपाका सुशील कुमार कानु विजयी

२३ फागुन २०८२, शनिवार स्टार संवाददाता

काठमाडौं । पर्सा क्षेत्र नम्बर–२ बाट रास्वपाका उम्मेदवार सुशील कुमार कानु विजयी भएका छन् । रास्वपा उम्मेदवार कानुले कांग्रेसका अजय चौरसियालाई १८ हजार ८ सय ५० मतले पछाडि पार्दै विजयी भएका हुन् । 

कानुले कुल ३० हजार ७ सय ४० मत प्राप्त गरेको क्षेत्र २ को निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनको निकटम प्रतिद्वन्द्वी चौरसियाले भने ११ हजार ८ सय ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

यसैगरी एमालेकी रिमा कुमारी यादवले भने ११ हजार ६ सय ५ मत प्राप्त गरेकी छन् । प्रतिनिधि सभाका सदस्यमा निर्वाचित कानुको राजनीतिक यात्रा वडाध्यक्षबाट सुरु भएको हो । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्