म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा
काठमाडौं । प्रतिनिधिसभा क्षेत्र नम्बर १ को मतगणना अनुसार स्वतन्त्र उम्मेदवार महावीर पुन अग्रस्थानमा देखिएका छन् । उनले हालसम्म १ हजार ६६ मत प्राप्त गरेका छन् ।
नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ दोस्रो स्थानमा छन्। उनले ६१२ मत पाएका छन् । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अर्जुनबहादुर थापाले ४७२ मत प्राप्त गरे भने कांग्रेसका कर्णबहादुर भण्डारी ३९५ मतसहित पछ्याइरहेका छन् ।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी पछाडि परेको छ भने रास्वपा उम्मेदवार युवराज रोकाले जम्मा ५ मत पाएका छन् । मतगणना जारी छ ।
