sevenstartv.com २३ फागुन २०८२, शनिवार

डा. शेखर कोइराला फराकिलो मतान्तरले पछाडि

२२ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं ।  मोरङ -६ मा नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइराला फराकिलो मतान्तरले पछाडि परेका छन् ।

सो क्षेत्रमा रास्वपाका रुविना आचार्यले ३ हजार ४ सय २३ मत ल्याएकी छन् । डा. शेखर कोइरालाले भने ७२८ मत पाएका छन् । एमालेका विनोद ढकालले भने ६२७ मत पाएका छन् ।

सुन्दर हरैचा क्षेत्रको मत गणना हुँदा श्रम संस्कृति पार्टीका मात्रिका पौडेलले ६०४ मत पाएका छन् । ६१३५ मत गणना भएको हो । त्यहाँ ५७३४ मत सदर भएको छ ।

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्