काठमाडौं-४ मा पुकार बमले बढाए मतान्तर
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले अग्रता फराकिलो बनाएका छन् ।
पछिल्लो मतपरिणामअनुसार बमले ६ हजार २८४ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार सचिन तिमल्सेनाले १ हजार ९०७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले १ हजार ४७९ मत पाएका छन् ।
