sevenstartv.com १९ फागुन २०८२, मङ्गलवार

निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको मन्त्री इङ्नामकाे भनाई

१७ फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा.डा. कुमार इङ्नामले निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका छन् ।

प्रेस काउन्सिलले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री इङ्नामले वर्तमान सरकारको मुख्य म्याण्डेड नै निर्वाचन भएकाले फागुन २१ गते निष्पक्ष ढङ्गबाट निर्वाचन सम्पन्न गर्न सरकार तयार रहेको बताएका हुन् । 

उनले निर्वाचनको व्यवस्थापन, सुरक्षा लगायतका विषयमा कुनै कमी हुन नदिने स्पष्ट पारे ।  केहि क्षेत्रहरूमा उम्मेदवार जसरी पनि जित्नुपर्ने मानसिकतामा रहे पनि यसमा सरकारलाई कुनै सरोकार नरहेको उनले बताए ।

उनले सरकारको काम मतदाताहरूलाई सुरक्षित तवरले मतदान केन्द्रसम्म उपस्थित हुने वातावरण बनाउनु र निष्पक्ष ढङ्गबाट मतदान गर्न सक्ने अवस्था सिर्जना गर्नु मात्रै सरकारको सरोकार भएको धारणा राखे ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्