sevenstartv.com २ चैत २०८२, सोमवार

पाकिस्तान-अफगानिस्तान सीमामा भीषण आक्रमण

१५ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । पाकिस्तान र अफगानिस्तानबिच सीमा क्षेत्रमा पुन आक्रमण भएको छ । दुवै पक्षले एक–अर्कालाई भारी क्षति पुर्‍याएको दाबी गरेका छन्, यद्यपि यी तथ्याङ्कहरूको स्वतन्त्र पुष्टि हुन सकेको छैन । 

पाकिस्तानी प्रधानमन्त्रीका प्रवक्ता मोशरफ जैदीका अनुसार, पाकिस्तानी सेनाले हालसम्म २७ अफगान तालिबान सैन्य चौकीहरू ध्वस्त पारेको छ भने ९ वटा कब्जामा लिएको छ। उनले १३३ तालिबान लडाकु मारिएको र २०० भन्दा बढी घाइते भएको दाबी गरेका छन्। साथै, ८० भन्दा बढी ट्यांक, तोपखाना र सशस्त्र सवारी साधनहरू नष्ट गरिएको बताइएको छ ।

अर्कोतर्फ, अफगानिस्तानको रक्षा मन्त्रालयले बिहीबार राति १९ पाकिस्तानी सैन्य चौकी र दुई वटा आधार शिविर ९बेस० कब्जा गरेको दाबी गरेको छ । उनीहरूले ५५ जना पाकिस्तानी सैनिक मारिएको बताएका छन् । शुक्रबार बिहानै अफगानिस्तानको राजधानी काबुलमा ठूला विस्फोटहरू भएको जनाइएको छ ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्