sevenstartv.com २ चैत २०८२, सोमवार

ब्राजिलमा बाढीपहिरोमा परेर २५ जनाको मृत्यु

१३ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । ब्राजिलको दक्षिण–पूर्वी राज्य मिनास जेरेइसमा वर्षापछि आएको बाढी र पहिरोका कारण करिब २५ जनाको मृत्यु भएको छ । सबैभन्दा बढी क्षति जुइज दि फोरा शहरमा भएको छ। सोही शहरमा १८ जनाको ज्यान गएको छ । त्यसैगरी उबा शहरमा ७ जनाको ज्यान गएको छ । 

रातको समयमा अधिकांश घरहरू भत्किँदा धेरै मानिस बेपत्ता भएका हुन् । उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले भग्नावशेष र हिलो हटाउँदै हराइरहेकाहरूको खोजीकार्य गरिरहेको बीबीसीले जनाएको छ । ब्राजिलका राष्ट्रपति लुइज इन्सियो लुला दा सिल्भाले घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले जुइज दि फोरामा आपत्काल घोषणा गर्दै राहत, उद्धार तथा पुनर्निर्माणमा तीव्र रूपमा परिचालन गरिएको बताए ।

जुइज दि फोरामा मात्रै करिब साढे ४ सय परिवार घरबारविहीन भएका छन् । नगरका मेयर मार्गारिदा सालोमाओले यो घटनालाई आफ्नो पाँच वर्षे कार्यकालकै सबैभन्दा दुःखद क्षण भन्दै तीन दिन शोक मनाउने घोषणा गरेका छन् ।  

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्