sevenstartv.com २० वैशाख २०८३, आइतवार

भारतसँग सीमा जोडिएका नाका तीन दिन बन्द हुने

१३ फागुन २०८२, बुधवार स्टार संवाददाता

काठमाडौं । आसन्न निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएको विभिन्न जिल्लाका सीमानाका तीन दिन बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा पहिलादेखि बैतडीको सीमानाका झुलाघाट तीन दिन बन्द हुने भएको छ । 

झुलाघाट नाका फागुन १८ गते राति १२ः०० बजेदेखि फागुन २१ गते राति १२ः०० बजेसम्म बन्द गरिने भएको हो । जिल्लाको ३१ किलोमिटर सीमा क्षेत्र भारतसँग जोडिएकाले सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बलका (बिओपी)मार्फत् सुरक्षा निगरानी बढाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । 

यस्तै निर्वाचनका लागि भारतसँग जोडिएका कञ्चनपुरका सबै सीमा नाकापनि बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशीकाअनुसार १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते बिहीवार राति १२ बजेसम्म भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमा नाका बन्द रहने भएका हुन् ।

फागुन २० गते राति १२ बजेदेखि एम्बुलेन्स, ट्राफिक, दमकल, दूरसञ्चार, शववाहन, अस्पताल सेवा, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा तथा नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन र अनुमति प्राप्त सवारीसाधनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा मतदान कार्य नसकिएसम्मका लागि रोक लगाइएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्