sevenstartv.com २ चैत २०८२, सोमवार

इरानमा सेनाको हेलिकप्टर दुर्घटना : चार जनाको मृत्यु

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । मंगलबार इरानी वायु सेनाको हेलिकप्टर मध्य प्रान्त इस्फहानको फलफुल बजारमा दुर्घटनाग्रस्त हुँदा चार जनाको मृत्यु भएको छ । 

दुर्घटनामा पाइलट, सह-पाइलट र दुई जना फलफुल व्यापारीको मृत्यु भएको इरना समाचार एजेन्सीले जनाएको छ । एजेन्सिका अनुसार दुर्घटनाको कारण “प्राविधिक खराबी“ भएको बताएको छ । दुर्घटना इस्फहान प्रान्तको खोमेनि सहरमा भएको पुष्टि गरिएको छ ।

लगातारको प्रतिबन्ध खेत्दै आएको इरानले पछिल्लो समयमा धेरैवटा हवाई प्रकोपहरूको सामना गरेको छ भने अधिकारीहरूले आफ्ना पुराना जहाजहरूका लागि स्पेयर पाट्र्सहरू प्राप्त गर्न गाह्रो भएको गुनासो गरेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्