sevenstartv.com २० वैशाख २०८३, आइतवार

लोकतान्त्रिक मूल्य र मानव अधिकारको सम्मान तथा संरक्षणप्रति नेपाल सरकार अडिग रहेको प्रधानमन्त्री कार्कीको भनाई

१२ फागुन २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले लोकतान्त्रिक मूल्य र मानव अधिकारको सम्मान तथा संरक्षणप्रति नेपाल सरकार अडिग रहेको बताएकी छन् । 

जेनेभामा आयोजित संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ६१औँ सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री कार्काीले सुदृढ नीतिगत, कानुनी तथा संस्थागत संयन्त्रमार्फत मानव अधिकारको प्रभावकारी कार्यान्वयनमा नेपाल निरन्तर क्रियाशील रहेको समेत बताएी हुन् । 

उनले नेपालको संविधानले मानव अधिकार तथा मौलिक स्वतन्त्रतालाई लोकतान्त्रिक शासन व्यवस्थाको आधारस्तम्भका रूपमा स्थापित गरेको धारणा समेत राख्न् । त्यस्तै उनले भ्रष्टाचारविरुद्ध कडा कदम चाल्दै सुशासन कायम गर्ने आफु नेतृत्वको सरकारको मुख्य प्राथमिकता भएको र आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सम्पूर्ण तयारी गरिएको समेत उल्लेख गरेकी छन् । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्