रास्वपा सभापति लामिछाने झापा र सुनसरीमा जनसम्पर्क कार्यक्रममा व्यस्त
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज झापा र सुनसरीको राजनीतिक दौडाहामा रहेका छन् । जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम लिएर लामिछानेले आजै झापाका विभिन्न ६ वटा स्थानमा आयोजना हुने कार्यक्रमहरूलाई भ्याएका छन् ।
बिहानै ८ बजे झापा क्षेत्र नम्बर ३ को चन्द्रगढी ९महेन्द्र पार्क दक्षिण क्षेत्र० बाट सुरु भएको उनको अभिवादन यात्राले जिल्लाका मुख्य व्यापारिक केन्द्र र चोकहरूलाई समेटेको छ । उनले बिहान ८ः४५ मा काँकडभिट्टा र इटाभट्टा, ९ बजे धुलाबारी र चारआली, तथा ९ः३५ मा बिर्तामोड, चारपाने र लक्ष्मीपुर क्षेत्रका मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् ।
त्यसैगरी, बिहान १०ः२० मा सुरुङ्गा, दुधे र झिलझिले हुँदै ११ः१० बजे दमक पुग्ने कार्यक्रम भएपनि केही अबेर भएको छ । अहिले उनी दमकमा आयोजित कार्यक्रममा छन् । झापाका यी आधा दर्जन कार्यक्रमहरूमा लामिछानेलाई स्वागत गर्न स्थानीय समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ ।
झापाका कार्यक्रमहरू सकाएलगत्तै सभापति लामिछाने सुनसरीको इटहरी जानेछन् । इटहरीमा आयोजना हुने कोशी प्रदेश लक्षित सभामा लामिछानेका साथै पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले समेत सम्बोधन गर्ने कार्यक्रम छ । रवि लामिछाने र बालेन शाह एउटै मञ्चमा देखिने भएपछि इटहरीको सुरक्षा व्यवस्था र जनसहभागितालाई लिएर स्थानीय प्रशासनले समेत विशेष तयारी गरेको छ ।
