sevenstartv.com २ चैत २०८२, सोमवार

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

१० फागुन २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ। आइतबार बिहान सबेरै सीमावर्ती क्षेत्रमा गरिएको आक्रमणमा कम्तीमा १६ जनाको मृत्यु भएको मानवअधिकार संगठनले जनाएको छ । अफगान अधिकारीका अनुसार आक्रमणमा एकै परिवारका सबै १३ सदस्य पुरिएका छन्। जसमध्ये चारजनाको ज्यान गइसकेको छ ।

अल जजिराका अनुसार पाकिस्तानी सेनाले तहरीक–ए–तालिबान पाकिस्तान ९टीटीपी० र इस्लामिक स्टेटसँग सम्बन्धित सातवटा क्याम्प र ठेगानालाई निशाना बनाएको दाबी गरेको छ । पाकिस्तान सरकारले हालै भएका आत्मघाती हमलाको जवाफस्वरूप ‘इन्टेलिजेन्स बेस्ड अपरेसन’ सञ्चालन गरिएको जनाएको छ। सूचना तथा प्रसारण मन्त्रालयले अफगान भूमिबाट सञ्चालित सञ्जालले पाकिस्तानमा आक्रमण गराएको पुख्ता प्रमाण रहेको दाबी गरेको छ ।

टोलोन्यूजका अनुसार नांगरहार प्रान्तमा एउटा घरमा आक्रमण हुँदा एकै परिवारका २३ जना भग्नावशेषमा पुरिएका थिए। हालसम्म चार जनालाई मात्र बाहिर निकालिएको छ। आक्रमणका बेला यो परिवार सुतिरहेको थियो । अन्तर्राष्ट्रिय मानवअधिकार फाउन्डेशनका अनुसार यो घटनामा १६ जनाको मृत्यु भएको छ, जसमा महिला र बालबालिका पनि छन्। यद्यपि आधिकारिक तथ्यांक अझै सार्वजनिक भएको छैन ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्