इरानमा भएको प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको अमेरिकी राष्ट्रपति ट्रम्पकाे दाबी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा इरानमा भएको प्रदर्शनहरूमा ३२ हजार मानिसको मृत्यु भएको दाबी गरेका छन् । उनले पहिलो पटक इरानमा प्रदर्शनका दौरान मर्नेहरूको संख्याबारे शुक्रबार बयान दिएका हुन् ।
ट्रम्पले इरान सरकारले ८३७ जनालाई फाँसी दिने निर्णय गरेको र अमेरिकाको चेनावतीपछि रोकिएको पनि जिकिर गरे । अमेरिकी राष्ट्रपतिसँग इरानमाथि सम्भावित आक्रमणका बारेमा पनि प्रश्न सोधिएको थियो । जवाफमा उनले इरानमाथि सीमित सैन्य आक्रमणबारे विचार–विमर्श भइरहेको बताए ।
