एमालेका कार्यकर्ताले गरे रास्वपाको कार्यालय तोडफोड
काठमाडौं । एमालेका कार्यकर्ताले रास्वपाको दाङ क्षेत्र नं.३ को सम्पर्क कार्यालय तोडफोड गरेका छन् । तुलसीपुरस्थित सम्पर्क कार्यालयमा शुक्रबार साँझ नेकपा एमालेका कार्यकर्ताहरूले तोडफोड गरेका हुन् ।
रास्वपाका क्षेत्र नं. ३ का उम्मेदवार कमल सुवेदीले पार्टी कार्यालय तोडफोड भएको जानकारी दिए । कार्यालय तोडफोड हुँदै गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा युवा संघ र नेकपा एमालेको नारा लगाउँदै तोडफोड गरिएको देखिन्छ ।
उनीहरूलाई नेपाल प्रहरी, सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । बिहीबार राति राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने सुर्खेतबाट दाङको घोराही आउने क्रममा स्वागत कार्यक्रमको भिडमा केही अपरिचित व्यक्तिहरूले एमालेको झन्डा जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
त्यसपछि एमालेले सो विषयमा गम्भीर आपत्ति जनाएको थियो । सोही विषयलाई लिएर विवाद उत्पन्न भएको छ । त्यस विषयलाई एमालले कार्याकर्ताले तोडफोड गरेको हुन सक्ने बताइएको छ ।
