sevenstartv.com २० वैशाख २०८३, आइतवार

दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश

८ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । 

बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले अदालतमा उपस्थित गराउन आदेश दिएको हो । साथै प्रसाईलाई पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी भएको छ । 

प्रकाउ पर्नुअघि प्रसाईले आफूलाई प्रहरीले धरपकड गरेको र गिरफ्तार गर्न खोजेको भन्दै प्रहरी परिसर काठमाडौँलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए । प्रसाईले दिएको रिटमा सर्वोच्च अदालतका न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सोमबार उनी पक्राउ परेका थिए ।

यसअघि माघ २३ मा पनि पक्राउ परेका प्रसाईं हाजिर जमानीमा छुटेका थिए । त्यसबेला निर्वाचनबारे उनले बोलेका कुरालाई प्रहरीको साइबर ब्यूरोले अनुसन्धानको ‘आधार’ बनाएर बयान लिएर छाडेको थियो । प्रसाईंले फागुन २१ मा हुन लागेको निर्वाचन विथोल्ने अभियान सुरु गर्न लागेको आशंका प्रहरीले उनलाई पटक पटक पक्राउ गर्दै आएको छ । 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्