sevenstartv.com २३ फागुन २०८२, शनिवार

सन् २०२८ मा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो

८ फागुन २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । सन् २०२८ मा अष्ट्रेलिया र न्यूजिल्याण्डमा हुने आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्ने १२ टोलीको टुंगो लागेको छ । भारत र श्रीलंकामा चलिरहेको टी–२० विश्वकपको सुपर–८ को टुंगो लागेसँगै २ वर्षपछि हुने अर्को विश्वकप खेल्ने १२ टोलीको निश्चित भएको हो । 

अष्ट्रेलिया र न्यूजिल्याण्डले आयोजक राष्ट्रको रुपमा खेल्नेछन् । यस्तै विश्वकपमा सुपर–८ मा प्रवेश गरेका भारत, पाकिस्तान, श्रीलंका, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, जिम्बावे र वेष्ट इन्डिजले पनि आउँदो विश्वकपमा स्थान पक्का गरेका छन् । सुपर–८ मा पुगेको न्यूजिल्लाण्डले भने आयोजककै रुपमा विश्वकप खेल्नेछन् ।

त्यसबाहेक सुपर–८ बाहिर रहेकामध्ये अहिले टी–२० आई वरीयतामा माथि रहेका ३ राष्ट्रले पनि आउँदो विश्वकप खेल्न पाउनेछन् । भारतसँगको विवादका कारण बंगलादेश यसपटकको विश्वकपमा सहभागी भएको थिएन । ८ टोली भने क्षेत्रीय छनोटमार्फत विश्वकपमा आउनेछन् ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्