एक पटकको नेपाली सधैँको नेपाली हुने गगन थापाकाे भनाइ
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले एक पटकको नेपाली सधैँको नेपाली हुने बताएका छन् ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको प्रश्न’ शीर्षकको अन्तरक्रियामा सभापति थापाले भने, ‘एक पटकको नेपाली सधैँको नेपाली हुन्छ । त्यसका लागि संशोधन गर्नुपर्ने संविधान र कानुन सबै संशोधन गर्छौँ।’
कांग्रेसको नेतृत्वमा गैरआवासीय नेपालीलाई नागरिकता दिनका लागि ऐन ल्याइएको उनले बताए ।
