sevenstartv.com २ चैत २०८२, सोमवार

गाजामा आक्रमणमा परी मृत्यु हुनेको संख्या ७५ हजार नाघ्यो

७ फागुन २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । गाजामा इजरायली आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको संख्या ७५ हजार नाघेको छ । 

अल जजिराका अनुसार भर्खरै सार्वजनिक भएका केही स्वतन्त्र अध्ययनहरूले गाजाको स्वास्थ्य मन्त्रालयले यसअघि सार्वजनिक गर्दै आएको तथ्यांकभन्दा वास्तविक मृत्युदर निकै उच्च रहेको पुष्टि गरेका छन्। विशेषगरी भग्नावशेषमुनि पुरिएका, अस्पतालसम्म पुग्न नसकेका र भोकमरी वा उपचारको अभावमा ज्यान गुमाएका व्यक्तिहरूको संख्या आधिकारिक गणनामा नसमेटिएको शोधकर्ताहरूको निष्कर्ष छ। जसअनुसार ७५ हजारको यो आँकडामा ठूलो हिस्सा महिला र बालबालिकाको रहेको जनाइएको छ । 

अक्टोबर २०२५ मा भएको युद्धविरामको सम्झौतापछि पनि इजरायली आक्रमणहरूमा ६०० भन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । स्वास्थ्य सुविधाहरूको पूर्ण विनाश र अत्यावश्यक औषधिको अभावले गर्दा घाइतेहरूको मृत्यु हुने दर पनि बढिरहेको छ। कूटनीतिज्ञहरूले यो डरलाग्दो मानवीय क्षतिको विरोध गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् इजरायलले गरेको युद्धविराम उल्लंघनको निन्दा गरेका छन्। 

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्