एमालेले चुनावी घोषणापत्र सार्वजनिक गर्दै
काठमाडौं । नेकपा एमालेले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी तयार पारिएको घोषणापत्र सार्वजनिक गर्न लागिएको हो ।
आज मध्याह्न १२ बजे नयाँबानेश्वरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको उपस्थितिमा घोषणापत्र सार्वजनिक गरिने छ । घोषणापत्रमा ‘समृद्ध नेपाल, सुखी नेपाली निर्माण, सुशासन, रोजगारी सिर्जना, सामाजिक न्याय तथा संस्थागत सुधारलाई मुख्य एजेन्डाका रूपमा अघि सारिने छ ।
