ममता शर्माले रास्वपाबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्ने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मधेसकी संस्थापक सभापति ममता शर्माले पार्टीबाट राजीनामा दिएर कांग्रेस प्रवेश गर्ने भएकी छन् ।
आज शर्मा जनकपुरमा हुने नेपाली कांग्रेसको घोषणापत्र सार्वजनिक कार्यक्रममा औपचारिक रूपमा पार्टी प्रवेश गर्ने तय भएको छ । सोही कार्यक्रमबाट उनी कांग्रेसमा समाहित हुने जनाइएको छ ।
उनले रास्वपामा दिनरात खटिएका क्षमतावान घण्टी मित्रको योगदानको उचित मूल्यांकन नभएको, विधि र विधान विपरीत क्रियाकलाप भएको, पार्टीका सिद्धान्त व्यवहारमा कार्यान्वयन नभएको आरोप लगाएकी छिन् ।
