सोमाली यात्रुवाहक विमान समुद्री किनारमा दुर्घटनाग्रस्त अवतरण
काठमाडौं । सोमालियाको एक एयरलाइन्सले आफ्नो यात्रुवाहक विमानलाई राजधानीको अन्तर्राष्ट्रिय विमानस्थलको छेउमा रहेको समुन्द्री किनारमा दुर्घटनाग्रस्त अवतरण गराएको छ ।
यसरी विमानलाई दुर्घटनाग्रस्त गराएपछि विमान चालहहरूको प्रशंसा गरिएको छ ।
विमानमा रहेका सबै ५५ जना सकुशल रहेका बीबीसीले जनाएको छ । विमान कम्पनी स्टारस्की एभिएसनले ५० यात्रु र पाँच चालक दलका सदस्यलाई बचाउन तत्कालै गरिएको सुझपूर्ण सोंच निक्कै महत्त्वपूर्ण रहेको बताएको छ ।
सोमालियाको नागरिक उड्डयन प्राधिकरण (सीएए) ले मोगादिशुबाट उडान भरेको केही समयपछि विमानका चालक दलले समस्याको रिपोर्ट गरेका र विमान फिर्ता गर्न अनुरोध गरेको जनाएको छ । त्यसपछि विमान अवतरण भयो तर धावनमार्गमा रोक्न असफल भएपछि समुन्द्री किनारमा दुर्घटनाग्रस्त अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
