बढ्याे सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ३ लाख ४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ९ सय रुपैयाँले बढेर ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।
यस्तै मंगलबार चाँदीको मूल्य १० रुपैयाँले घटेर ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
