रवी लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको कार्यक्रममा निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालय नवलपरासीले सचेत गराएको छ ।
रास्वपाले आज जिल्लामा जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम आयोजना गर्ने सूचना प्राप्त भएको भन्दै प्रशासनले आज एक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो । निर्वाचनको मुखमा राजनीतिक दलका कार्यक्रमहरूले आचारसंहिता उल्लङ्घन गर्न सक्ने तर्फ सचेत रहँदै प्रशासनले निगरानी बढाएको छ।

