sevenstartv.com १ चैत २०८२, आइतवार

दुई संसदीय समितिको बैठक बस्दै

२५ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । आज दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ । विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ ।  बैठकमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ । 

बिहान साढे ११ बजे नै सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने छ । बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग छलफल हुनेछ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्