काठमाडौं र झापाको सुकुम्वासी बस्तीको प्रकृति फरक भएको वरिष्ठ नेता बालेनको दाबी
वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने आश्वासन
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन्द्र शाह बालेनले झापा–५ को सुकुम्वासी बस्तीमा पुगेर आश्वासन दिएका छन् । मंगलबार भएको छलफलमा झापा–५ का उम्मेदवार नेता बालेनसँग स्थानीयले जग्गाधनी पूर्जा (लालपुर्जा) को विषयमा गुनासो राखेका हुन् ।
स्थानीयको कुरा सुनेपछि बालेनले सुकुम्वासी समस्यालाई मानवीय र कानूनी दुवै पक्षबाट हेर्नुपर्ने बताए । उनले काठमाडौंको खोला किनारका जोखिमपूर्ण बस्ती र झापाका पुराना बस्तीहरूको प्रकृति फरक रहेको भन्दै वास्तविक सुकुम्वासीलाई अन्याय हुन नदिने समेत आश्वासन दिएकान छन् ।
नेता शाहले सुकुम्वासीको नाममा राजनीति गर्ने र पहुँचवालाले मात्र पूर्जा पाउने प्रथाको अन्त्य हुनुपर्नेमा जोड दिए । कसैलाई पनि विस्थापन गर्नु भन्दा पहिले उनीहरूको उचित व्यवस्थापन र सुरक्षित बसोबासको ग्यारेन्टी सरकारले गर्नुपर्नेमा उनको तर्क थियो । नेता शाहले आगामी दिनमा भूमि आयोगलाई निष्पक्ष बनाएर वास्तविक पीडितले मात्र पूर्जा पाउने व्यवस्था मिलाइने उनीहरुलाई आश्वासन समेत दिए ।
