sevenstartv.com २ चैत २०८२, सोमवार

भारत र अमेरिकाबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता

२० माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको छ ।

मोदीसँगको टेलिफोन वार्तापछि ट्रम्पले भारतसँग महत्त्वपूर्ण व्यापारिक सम्झौता भएको बताएका हुन् । सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले भारतसँग सम्झौता भएको र यसअघि घोषणा भएको २५ प्रतिशत कर ९ट्यारिफ०लाई १८ प्रतिशतमा सार्ने सम्झौता भएकोसमेत बताएका छन् ।

यो सम्झौतासँगै भारतले रुसी तेल खरिद बन्द गर्नु रहेको बताइएको छ । राष्ट्रपति ट्रम्पले मोदीले रुसबाट तेल खरिद बन्द गर्न र त्यसको सट्टा अमेरिका तथा सम्भावित रूपमा भेनेजुएलाबाट बढी मात्रामा तेल खरिद गर्न सहमति जनाएको दाबी गरेका छन् ।

ट्रम्पले मोदीको अनुरोधमा तत्कालै व्यापार सम्झौतामा सहमति दिएको उल्लेख गर्दै यसअन्तर्गत अमेरिकी पक्षले भारतबाट आयात हुने वस्तुमा लगाइने भन्सार शुल्क घटाउने र भारतले आफ्ना भन्सार तथा गैर–भन्सार अवरोधहरू शून्यमा झार्ने बताएको छ । सम्झौताअनुसार भारतले ऊर्जा, प्रविधि, कृषि तथा कोइला उत्पादनसहित ५०० अर्ब अमेरिकी डलर बराबरका अमेरिकी वस्तु खरिद गर्ने प्रतिबद्धता जनाएको ट्रम्पले बताएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्