sevenstartv.com २ चैत २०८२, सोमवार

बलुचिस्तानमा पाकिस्तानी सुरक्षाकर्मी र पृथकतावादी लडाकूबीच भीषण भिडन्त, १२५ जनाको मृत्यु

१८ माघ २०८२, आइतवार स्टार संवाददाता

काठमाडौं । पाकिस्तानको बलुचिस्तानका विभिन्न स्थानमा हिंसात्मक झडप भएको छ ।  सुरक्षा बलले शनिबार बलुचिस्तानका विभिन्न स्थानमा पृथकतावादी बन्दुकधारीहरूद्वारा गरिएका श्रृंखलाबद्ध र समन्वयात्मक आक्रमणहरूलाई असफल तुल्याएको जनाएको छ ।

सर्वसाधारणको हत्या भएपछि गरिएको प्रतिकारात्मक कारबाहीमा सुरक्षा बलले कम्तीमा ६७ ’आतंककारी’हरूलाई मारेको जनाइएको छ । योसँगै विगत दुई दिनमा प्रदेशभर मारिने बन्दुकधारीहरूको कुल संख्या १०८ पुगेको संचारमाध्यमहरूले जनाएका छन् । प्रतिबन्धित आतंककारी समूह बलुचिस्तान लिबरेसन आर्मीले शनिबारको यी आक्रमणहरूको जिम्मेवारी लिएको छ । 

भिडन्तमा १० प्रहरी र सुरक्षाकर्मीले पनि ज्यान गुमाएका छन् भने अन्य केही घाइते भएका छन् । ग्वादरमा बन्दुकधारीहरूले निःशस्त्र मजदुरहरूलाई निशाना बनाउँदा ५ पुरुष, ३ महिला र ३ बालबालिकासहित ११ सर्वसाधारणको मृत्यु भएको छ । 

बलुचिस्तान लिबेरेसन आर्मी (बीएलए) र तहरीक–ए–तालिबान पाकिस्तान (टीटीपी) जस्ता समूहहरूले यहाँ निर्माणाधीन चीन–पाकिस्तान आर्थिक कोरिडोरजस्ता मुख्य आयोजनाहरूलाई समेत निशाना बनाउँदै आएका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्