sevenstartv.com २ चैत २०८२, सोमवार

नेपालीलाई दूतावासको चेतावनी- ट्रम्प नीतिमा सचेत नभए भिसा र ग्रिनकार्ड रद्ध हुन्छ

१६ माघ २०८२, शुक्रवार स्टार संवाददाता

काठमाडौं । अमेरिकामा विभन्न तरिकाले बसोबास गर्दै आएका नेपालीहरूले अमेरिकाको कानुन र विधिसम्मत गतिविधि गर्न यहाँस्थित राजदूतावासले अपिल गरेको छ। अमेरिकी कानूनको पालनामा सचेत नभए भिसा र ग्रिनकार्ड नै रद्ध हुनसक्ने चेतावनीसमेत दूतावासले दिएको छ ।

एक सार्वजनिक सूचना प्रकाशित गर्दै दूतावासले अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिका सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेका कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेस गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियत नलिन समेत अपिल गरेको छ। दूतावासले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भिसामा कडाइ गर्ने विषयमा अगाडि सारेको नीतिको पालनामा सचेत बन्न अनुरोध गरेको हो ।

अमेरिका आएका नेपालीमध्ये सन् २०२४ मात्र नेपाली नागरिक अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकाले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको स्मरण गराइएको छ। विज्ञप्तिमा विभिन्न उद्देश्यले संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकले यहाँ रहँदा गैरकानुनी तवरले वा गलत सूचना वा विवरण पेस गरी सहुलियतपूर्ण स्वास्थ्योपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायताजस्ता कुनै पनि सुविधा÷सहायतामाथि निर्भर नहुनरनगराउनुहुन हार्दिक दूतावासले अनुरोध गरेको छ।

दूतावासले व्यापारिक तथा पर्यटकीय प्रयोजनको लागि प्राप्त हुने ‘बी १’, ‘बी २’ भिसाको दुरूपयोग नगर्नु हुन पनि अनुरोध गरेको छ। पछिल्ला दिनमा अमेरिकी सरकारले विभिन्न प्रयोजनका भिसामा कठिन प्रावधान समावेश गर्दै गएको छ। संयुक्त राज्य अमेरिकामा रहेका नेपाली नागरिकका लागि जरूरी सूचना जस्ताको तस्तै अध्ययन, भ्रमण, रोजगारी, व्यवसाय तथा परिवार वा आफन्त भेटघाट इत्यादिको सिलसिलामा संयुक्त राज्य अमेरिकामा रहेको कुनै विदेशी नागरिक अमेरिकामा रहँदा अवैधानिक तवरले वा गलत सूचना वा विवरण पेश गरी अमेरिकी सरकारले आफ्ना नागरिकहरूका लागि उपलब्ध गराउने गरेको सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनैपनि सुविधा वा सहायता माथि निर्भर भए गरेको पाइएमा त्यस्तो कार्यमा संलग्न व्यक्तिको भिसा वा ग्रिनकार्ड स्टाटसमा सोझै असर पर्ने र रद्ध समेत हुने जानकारी सम्बन्धित अमेरिकी अधिकारीहरूबाट ‍प्राप्त भएको छ ।

विभिन्न प्रयोजनमा अमेरिका गएका नेपालीहरूमध्ये सन् २०२४ मा गएकाहरूको तथ्याङ्कले मात्रै पनि नेपाली नागरिकहरू अमेरिकी सरकारका सहुलियतपूर्ण सेवा लिनेहरूको माथिल्लो सूचीमा रहेका पाइएकोले नेपालीका लागि हाललाई आप्रवासी भिसा बन्द गरेको सम्बन्धमा अमेरिकाले सार्वजनिक सूचना नै जारी गरेको छ।यसै गरी बी१रबी२ भिसामा अमेरिका गएका नेपालीहरू अमेरिकामा ओभरस्टे गरेको र रोजगारी लगायत तोकिएको भन्दा फरक काममा संलग्न भएको पाइएको आधारमा अमेरिकी सरकारले २१ जनवरी द्दण्द्दट देखि लागू हुने गरी बी१रबी२ भिसा आवेदनमा अमेरिकी डलर ५००० देखी १५००० सम्म धरौटी  राख्‍नुपर्ने प्रावधान लागू गरेको छ ।

यस्ता कार्यले नेपालप्रति अमेरिकी सरकारको भिसा नीति थप प्रभावित हुनसक्ने हुँदा भविष्यमा अमेरिका जान चाहने नेपाली नागरिकलाई अमेरिकी भिसा प्राप्ति अझ कठीन हुन जाने र मुलुकको प्रतिष्ठामा गम्भीर नकारात्मक असर पर्न जान्छ । अतः विभिन्न उदेश्यले संयुक्त राज्य अमेरिकामा रहनुभएका नेपाली नागरिकहरूले संयुक्त राज्य अमेरिकामा रहँदा गैरकानूनी तवरले वा गलत सूचना वा विवरण पेश गरी सहुलियतपूर्ण स्वास्थ्य उपचार सुविधा, आवास सुविधा, परिवार सहायता, शैक्षिक सहायता जस्ता कुनै पनि सुविधारसहायता माथि निर्भर नहुनरनगराउनुहुन, साथै बी१रबी२ भिसाको दुरुपयोग नगर्नुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्