sevenstartv.com १५ माघ २०८२, बिहिवार

भारत र युरोपेली सङ्घ ईयुबीच ऐतिहासिक व्यापार सम्झौता

यसले दुई देशबीचको साझेदारीको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको प्रधानमन्त्री मोदीको प्रतिक्रिया

१५ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । भारत र युरोपेली सङ्घ (ईयू) बीच नयाँदिल्लीमा ऐतिहासिक व्यापार सम्झौता भएको छ । 

भारतीय सञ्चारमाध्मयकाअनुसार युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टा र युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयनको तीन दिने भारत भ्रमणका क्रममा विभिन्न सम्झौता र समझदारीपत्रमा हस्ताक्षर भएको हो । भारतीय प्रधानमन्त्री मोदीले यस व्यापार सम्झौतालाई दुई देशबीचको साझेदारीको उत्कृष्ट उदाहरण भएको बताएका छन । 

भारतको परराष्ट्र मन्त्रालयका अनुसार हस्ताक्षरित सम्झौताहरूमा सन् २०३० मा एक संयुक्त भारत–युरोपेली सङ्घ व्यापक रणनीतिक एजेन्डा, ग्रीन हाइड्रोजन टास्क फोर्सको स्थापना लगायत विषय समावेश छन् । विश्लेषकहरूका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जवाफ दिन युरोपेली सङ्घ र भारत स्वतन्त्र व्यापार सम्झौतातर्फ द्रुत गतिमा अघि बढेका छन् ।

सम्बन्धित समाचार

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्