sevenstartv.com १५ माघ २०८२, बिहिवार

माधव नेपाल अस्पताल भर्ना

१५ माघ २०८२, बिहिवार स्टार संवाददाता

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् । चिसोका कारण नेपाललाई रुघा, खोकी र ज्वरोको लक्षण देखिएपछि बुधबार त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

नेता नेपालका सहयोगी लक्ष्मण रेग्मीले जटिल समस्या नभए पनि चिकित्सकको सुझाव अनुसार अस्पताल भर्ना गरिएको र आज बिहीबार डिस्चार्ज गर्ने तयारी भएको बताए । 

‘सामान्य रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो समस्या भएपछि चेक गर्न जानु भएको हो । एकदिन अस्पतालमा राखेर उपचार गर्दा राम्रो हुने भनेपछि भर्ना गरिएको हो’, रेग्मीले भने, ‘अबको केही घण्टामा डिस्चार्ज हुँदैछ ।’

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्