राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।
बैठक दिउँसो सवा १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा राष्ट्रिय सभाअन्तर्गत विभिन्न कार्यक्रमहरू हुनेछन् । शून्य समय र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राख्नेछन् ।
विशेष समयमा बोल्नका लागि राजनीतिक दलहरूलाई समय उपलब्ध गराइनेछ ।
