पपुलिजम र अराजकताले राज्य कमजोर पार्नै एमाले महासचिव पोखरेलको चेतावनी
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पपुलिजमले सरल उत्तर बेचेर जटिल समस्यालाई ध्वस्त पार्ने र एनार्किजमले व्यवस्था नै दुस्मन ठान्ने बताएका छन् ।
साथै उनले दुवै मिल्दा राज्य कमजोर हुने र नागरिक विभाजित हुने तर्क गरे । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आजको देशभक्तिको विषय’ भन्दै नेपाललाई भूराजनीतिक द्वन्द्वको क्रिडास्थल बन्नबाट जोगाउन आलोचनात्मक सोच अपनाउनुपर्ने,तथ्य र भावनालाई छुट्याउनुपर्ने तथा असहमति लोकतान्त्रिक विधिमै राख्नुपर्ने जनाए ।
उनले विश्वव्यापी रूपमा नै सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाको विषय निकै संवेदनशील बनेको जिकिर गरे ।
