sevenstartv.com १३ माघ २०८२, मङ्गलवार

राष्ट्रिय सभाको बैठक आज बस्दै

१३ माघ २०८२, मङ्गलवार स्टार संवाददाता

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउसो १ः १५ बजेदेखि राष्ट्रियसभाको बैठक सिंहदरबारमा बस्दैछ ।  

आज विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धि समितिको प्रतिवेदन पेश गर्ने कार्यतालिका रहेको छ ।  

त्यस्तै आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन् शेर्पाले ’संघियता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक बर्ष २०८१–८२ को वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्