sevenstartv.com १२ माघ २०८२, सोमवार

राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी छ । प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा सिंहदरबारमा  बैठक चलिरहेको छ । 

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल र अर्थमन्त्री रामेश्वरप्रसाद खनाल लगायतका पदाधिकारी सहभागी छन् । सुरक्षा परिषदमा फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाबारे छलफल हुने बताइएको छ ।

उच्च हिमाली क्षेत्रको चिसो मौसम र तराईमा निर्वाचनको दुई दिन अघि परेको होली पर्वको कारण सम्भावित सुरक्षा चुनौतीबारे छलफल हुनेछ । 

 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्