sevenstartv.com १२ माघ २०८२, सोमवार

स्कटल्याण्डले नेपाललाई दियो १ सय ४१ रनको लक्ष्य

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । आइसिसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र स्कटल्यान्डबीच प्रतिस्पर्धा हुँदै छ । 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ गर्ने निर्णय लिएपछि स्कटल्यान्डले पहिला ब्याटिङ गर्दै १४१ रनको चुनौती दिएको हो । पूरै २० ओभर खेल्दै स्कटल्यान्डले सबै विकेट गुमाएर १४० रन बनाएको हो ।


स्कटल्यान्डका लागि प्रियनाज चटर्जीले सर्वाधिक ४२ रन बनाइन् । अन्य ब्याट्सम्यानले भने उल्लेख्या रन जोड्न सकेनन् । स्कटल्यान्डलाई सस्तैमा समेट्न नेपालका लागि मनिषा उपाध्यायले चार विकेट हात पारिन् । चार ओभर बलिङ गर्दा १७ रन खर्चिएर उनले चार विकेट हात पारेकी हुन् । रुबिना क्षेत्रीले २३ रन खर्चिएर तीन विकेट हात पार्दा रिया शर्मा, कविता जोशी र सीता रानामगरले एकएक विकेट हात पारे ।

आज दुबै टोलीलाई सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाब रहेको छ । स्कटल्यान्डसँग पराजित भएमा नेपालको सुपर सिक्समा पुग्ने सम्भावना समाप्त हुनेछ। नेपाल पहिलो खेलमा थाइल्यान्डसँग आठ विकेटले पराजित भएको थियो, भने दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो ।

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्