sevenstartv.com १२ माघ २०८२, सोमवार

राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह

दुरुपयोग भएको पाइएमा कानूनबमोजिम कारबाही हुने चेतावनी

१२ माघ २०८२, सोमवार स्टार संवाददाता

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानूनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले विज्ञप्ति निकालेर प्रचलित कानूनबमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको पाइएमा कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको छ । निर्वाचन आचारसंहितामा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झन्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झन्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ । 

त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झन्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झन्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र यसको उल्लङ्घन भएमा सजायको व्यवस्थासमेत गरिएको छ । 

स्टार अपडेटस्

स्टार ट्रन्डिङ्गस्